कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खड्का नियुक्त « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा खड्का नियुक्त


१२ मंसिर २०७७, शुक्रबार


सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. सर्वराज खड्कालाई नियुक्त गरेको छ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले दैलेखका खड्कालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।

यसअघि कर्णाली प्रदेश योजना आयोगको पहिलो उपाध्यक्षका रूपमा रहेको डा. पुण्य रेग्मीको ठाउँमा उनलाई नियुक्त गरिएको हो।

रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति भएर गएपछि सरकारले खड्कालाई नियुक्त गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस