बैतडीको सिमार प्रहरी चौकीमा कार्यरत ८ जना प्रहरीमा कोरोना पुष्टि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बैतडीको सिमार प्रहरी चौकीमा कार्यरत ८ जना प्रहरीमा कोरोना पुष्टि


प्रशासन संवाददाता

१२ मंसिर २०७७, शुक्रबार


बैतडी । बैतडीको सिमार प्रहरी चौकीमा कार्यरत सबै प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। डिलाशैनी गाउँपालिका-३ मा रहेको सिमार प्रहरी चौकीमा कार्यरत ८ जना प्रहरीमा कोरोना पुष्टि भएको हो।

चौकी ईन्चार्ज केही दिन अघि घर बिदा गएर फर्किएपछि उनलाई कोरोना देखिएको थियो। उनि उपचारका लागि धनगढीमा रहेका छन् भने उनको सम्पर्कमा रहेका सम्पुर्ण प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको हो। प्रहरीकै सम्पर्कमा रहेका दुई स्थानीयमा पनि कोरोना देखिएको छ ।

गत ९ गते संकलन गरिएको नमुना डडेल्धुरा अस्पतालमा परिक्षण गर्दा सबैमा कोरोना देखिएको डिलाशैनी गाउपालिकाका स्वास्थ्य शाखा उप संयोजक पुरुषोत्तम नाथले बताए ।

‘प्रहरी चौकीमा कोरोना देखिएपछि चौकीलाई नै आइसोलेसन सेन्टर बनाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस