न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम सर्वसम्मतिले स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम सर्वसम्मतिले स्वीकृत


१२ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गरेसँगै श्रेष्ठ अब ४ वर्षका लागि परिषद्को सदस्यमा रहनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस