आज देशभरको मौसम कस्तो रहन्छ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज देशभरको मौसम कस्तो रहन्छ ?


१२ मंसिर २०७७, शुक्रबार


काठमाडौँ ।  शुक्रबार देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशभरका अधिकांश स्थानको मौसम प्रभावित भएको हो । अहिले गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।

शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । राति प्रदेश १ मा आंशिक बदलि रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस