देशभर थप १६१४ जनामा कोरोना पुष्टि, १४३७ जना संक्रमणमुक्त, २३ को मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

देशभर थप १६१४ जनामा कोरोना पुष्टि, १४३७ जना संक्रमणमुक्त, २३ को मृत्यु


११ मंसिर २०७७, बिहिबार


काठमाडौँ । बिहीबार नेपालमा थप एक हजार ६ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

त्यस्तै, आज १ हजार ४ सय ३७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।

त्यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म यसको संक्रमणबाट एक हजार ४ सय १२ जनाले ज्यान गुमाएका छन्। हाल देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय ८० जना क्वारेन्टिनमा छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस