सबैखाले हिंसाको अन्त्य हुनुपर्छ : मन्त्री मगर « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

सबैखाले हिंसाको अन्त्य हुनुपर्छ : मन्त्री मगर


११ मंसिर २०७७, बिहिबार


कञ्चनपुर । खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन् । बुधबार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताइन् ।

समतामूलक समाज निर्माण भएपछि मात्रै विकास र समृद्धि आउन सक्ने उनको भनाइ थियो । समुन्नत समाज निर्माणका लागि सबैखाले हिंसाको अन्त्य हुनुपर्ने उनले बताइन् । चुनावका बेला गरेका प्रतिबद्धताअनुरूपका कार्य अगाडि बढाइएको चर्चा गर्दै उनले अधुरा विकास निमार्णका योजना सम्पन्न गर्नका लागि सक्दो पहल भइरहेको बताइन् ।

‘विकास निर्माणको कार्यमा राजनीति गरिनु हुँदैन’, उनले भनिन्, ‘विकास सबैका लागि हो । सबैले हातेमालो गरी अगाडि बढाउनुपर्छ ।’ सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य लिइएको कुरामा जोड दिँदै उनले यसका लागि खानेपानीका केही आयोजना पूरा भएको र केही आयोजना निर्माणाधीन अवस्थामा रहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस