दीपक मनाङेकी श्रीमती चारीको मुद्धामा पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दीपक मनाङेकी श्रीमती चारीको मुद्धामा पक्राउ


१० मंसिर २०७७, बुधबार


काठमाडौँ। गण्डकी प्रदेश सभा सासंद दीपक मनाङे भनेर चिनिने राजीव गुरूङकी श्रीमती दिछेन डोल्मा लामालाई प्रहरीले पक्राउ गरेको छ

३५ वर्षीया दिछेन डोल्मा लामालाई मकवानपुर प्रहरीले मंगलबार हेटौंडा उपमहानगरपालिका-१० बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

‘जिल्ला अदालत कास्कीले उनलाई चोरीको मुद्दामा पक्राउ गर्न अनुमति दिएको थियो। कास्की प्रहरीबाट हामीलाई पत्र आएपछि उनलाई पक्राउ गरेका हौं’,उनले भने।

उनलाई पक्राउ गरी जिल्ला प्रहरी कास्कीमा बुझाइसकेको प्रहरी नायब उपरीक्षक रानाले बताए। ‘मूर्ति, चाँदीका अम्खोराहरू चोरी गरेर भागेको भन्ने उजुरी परेको थियो,’कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले भने,’प्रहरीले मकवानपुरबाट समातेर ल्याएको छ।’ उनीमाथि चोरी तथा डाका मुद्दामा म्याद थप गर्न लगिएको उनले बताए।

 

Tags :
प्रतिक्रिया दिनुहोस