आफ्नो बीमा रकमबाट मन्त्री भट्टराईले गरे तीन सय विपन्न नागरिकको कोरोना बीमा « प्रशासन
prasaLogo
१० मंसिर २०७७, बुधबार

आफ्नो बीमा रकमबाट मन्त्री भट्टराईले गरे तीन सय विपन्न नागरिकको कोरोना बीमा


प्रकाशित मिति : 25 November, 2020 2:00 pm

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना बीमाबाट आफूले प्राप्त गरेको रकमबाट तीन सयजना विपन्न नागरीकको कोरोना बीमा गरेका छन् ।

कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका तीन सय विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका उनका स्वकीय सचिव प्रेम गुरागाईले बताए ।

गुरागाईका अनुसार पर्यटन मन्त्री कोरोना भाइरसको संक्रमणबाट मुक्त भएसँगै उनले बीमावापतको एक लाख रुपैयाँ प्राप्त गरेका थिए ।

उक्त रकमबाट मन्त्री भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका ३ सय न्यून आए भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बीमा गर्न खर्च गरेका हुन् ।

साथै मन्त्री भट्टराईले आफ्नो तलवभत्ताबाट ताप्लेजुङ स्थायी ठेगाना भएका कुल १२७६ जनाको कोरोना बीमा गराइदिएका छन् । यसरी मन्त्री भट्टराईले कुल १५७६ जना नागरिकको कोरोना बीमा आफ्नो खर्चबाट गराइदिएको उनको सचिवालयले जानकारी दिएको छ । उनी ताप्लेजुङ जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस