अमेरिकाको राष्ट्रपति निर्वाचित जो बाइडनलाई सत्ता सुम्पिन डोनाल्ड ट्रम्प तयार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अमेरिकाको राष्ट्रपति निर्वाचित जो बाइडनलाई सत्ता सुम्पिन डोनाल्ड ट्रम्प तयार


एजेन्सी

९ मंसिर २०७७, मंगलबार


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका छन्।

उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) लाई ’गर्नुपर्ने आवश्यक काम गर्न’ सिफारिस गरेको बताएको विविसी समाचारमा जनाईएको छ ।

तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ भने जारी रहने ट्रम्पले बताएका छन् । जीएसएले पनि बाइडनलाई ’स्पष्ट विजेता’को रूपमा आफूले स्वीकार गरेको जनाएको छ।

अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने डोनल्ड ट्रम्प पछि हटेका देखिन्छन् ।

जीएसएले बाइडन समूहलाई प्रक्रिया सुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका छन्। ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका निम्ति ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छन्।

उनले प्रक्रियागत ढिलाइ गर्न आफूलाई ह्वाइट हाउसबाट कुनै दबाव नआएको जनाएकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस