बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित


एजेन्सी

९ मंसिर २०७७, मंगलबार


मेक्सिको सिटी । बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो ।

प्रधानमन्त्री ब्रिसेनो कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बसेका छन्, प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

कार्यालयका अनुसार उनी आगामी दुई हप्तासम्म आइसोलेसनमै बस्नेछन् । त्यसपछि उनले पुनः परीक्षण गर्ने कार्यालयले जनाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार बेलिजमा अहिलेसम्म पाँच हजार १८३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस