२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमणका कारण पूर्वगाविस अध्यक्षको मृत्यु

अ+ अ-

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण पूर्व गाविस अध्यक्षको मृत्यु भएको छ । मोरङको साबिक पथरी गाउँविकास समितिका अध्यक्ष ६६ वर्षीय तिलक वान्तवा राईको कोरोनाका कारण मृत्यु भएको हो ।

विराट मेडिकल कलेजमा उपचार गराइरहेका उनको मङ्गलवार बिहान साढे चार बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

पथरी शनिश्चरे–१ घर भएका राईको कात्तिक २१ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार भएपछि उनी घर गएका थिए । तर एक्कासी पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई विराट मेडिकल कलेज पुर्‍याइएको थियो । उनको विराट मेडिकल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

राई २०४९ को स्थानीय निर्वाचनमा पथरी गाउँविकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए । उनी पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी संस्था मनकामना सहकारीका संस्थापक अध्यक्ष पनि रहेको बताइएको छ । यस्तै उनी पञ्चायत माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस