सचिव बढुवाका लागि डा. कार्कीको नाम सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सचिव बढुवाका लागि डा. कार्कीको नाम सिफारिस


८ मंसिर २०७७, सोमबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन सेवातर्फको रिक्त एक सचिव पद(विशिष्ट श्रेणी)का लागि ज्येष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ज्येष्ठ सहसचिव डा. योगेन्द्र कुमार कार्कीको नाम सिफारिस गरेको हो ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले केही दिन अघि प्रशासन तर्फको सचिवका लागि सिफारिस गरिएका तीन जना सहसचिवमध्ये एक र डा. कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्ने छ ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

प्रशासन सिंहदरवार विशेष स्रोतका अनुशार इन्जिनियरिङतर्फको रिक्त दुई सचिवमध्ये एक ज्येष्ठतातर्फका लागि भोलि बस्ने समितिको बैठकबाट एक ज्येष्ठ सहसचिवलाई सचिव बढुवाका लागि सिफारिस गरिँदै छ । बाँकी अर्कोका लागि भने १५ दिन पछाडी सिफारिस हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस