सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस


५ मंसिर २०७७, शुक्रबार


सचिव

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवत्रय गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

तीनमध्ये पहिलो नम्बरमा सिफारिस गरिएका दुवाडी यसअघि आधा दर्जन पटक सिफारिस भइसकेका छन् जसमध्ये धेरै पटक उनी पहिलो नम्बरमा परेका थिए । तर अझै १० वर्ष भन्दा बढी जागिर अवधि बाँकी नै रहेकोले उनी आफै पनि अहिल्यै सचिव भइहाल्ने मनस्थितिमा नदेखिएको नजिकका साथीहरू बताउँछन् । यद्यपी धेरै पटक पहिलो नम्बरमा सिफारिस भएर पनि बढुवा नभएपछि कर्मचारी वृत्तमा केही आलोचनासमेत भएकोले यस पटकको बढुवामा उनलाई नै पनि सिफारिस गर्न सक्ने स्रोत बताउँछ । तर अहिले नै एकिन गरिहाल्ने अवस्था भने छैन ।

प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार आउँदो सोमबार कृषि तर्फका सचिव र त्यसपछि इन्जिनियरिङ तर्फ सिफारिस हुँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस