अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ७० प्रतिशत सफल हुने दावि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ७० प्रतिशत सफल हुने दावि


एजेन्सी

८ मंसिर २०७७, सोमबार


एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयले नयाँ विकास गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन ७० प्रतिशत सफल हुने दावि गरिएको छ ।

यसअघि अमेरिकी कम्पनी फाइजरले विकास गरेको भ्याक्सिन ९० प्रतिशत सफल हुने बताइएको छ भने मोडर्नाले विकास गरेको भ्याक्सिन ९५ प्रतिशत सफल हुने दावि गरिएको छ ।

तुलनात्मक रुपमा अक्सफोर्ड विश्वपिद्यालयले विकास गरेको यस नयाँ भ्यासिनलाई कम प्रभावकारी हुनसक्ने बताइएपनि यो भ्याक्सिन अन्य दुईभन्दा निकै सस्तो र प्रयोग गर्न सहज हुने विश्वविद्यालयले दावि गरेको छ । यसका साथै यो भ्यासिनलाई सजिलोसँग स्टोर गर्न सकिने र संसारका जुनसुकै स्थानमा सजिलै लिएर जान सकिने कम्पनीले जनाएको छ ।

यो भ्याक्सिनलाई प्रयोगको लागि स्वीकृती मिलेमा यसले विश्वव्यापी कोरोना महामारी रोकथाम गर्नका लागि निकै ठूलो योगदान गर्न सक्ने अक्सफोर्ड विश्वविद्यालयलाई उदृत गर्दै विविसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस