बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु


८ मंसिर २०७७, सोमबार


बागलुङ । बाग्लुङको बडीगाड गाउपालिकामा सोमबार जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । रोकेर सामान राख्दै गरेको अवस्थामा जिप गुडेर खोलामा खस्दा दुई जनाको मृत्यु भएको हो ।

बडीगाड गाउँपालिका-६ मा सोमबार बिहान चालकले सामान राख्न लागेका बेला लु१ज ४३७० नम्बरको जिप खोलामा खसेको बडीगाड-६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले बताए ।

जीप दुर्घटनामा परी मृत्यु हुनेमा वडा नं. ६ की २३ वर्षीया टेकमाया श्रीस र उनकै एक वर्षीया छोरी छन् । दुर्घटनामा एक महिला घाइते छिन् । उनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।

वडा नं. ६ को ग्रामीण बस्तीबाट जिप खौलार बजार आउँदै थियो । घटनाबारे जानकारी पाएपछि टोली खटाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस