पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमाको निधन


एजेन्सी

८ मंसिर २०७७, सोमबार


पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार निधन भएको छ । केही समययता बिरामी रहेकी ९० वर्षीय बेगमको लन्डनस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको पाकिस्तान मुस्लिम लिग (नवाज) (पिएमएलएन) ले सोमबार विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याइ अन्त्येष्टि गरिने जनाइएको छ । पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लन्डनमै उपचाररत छन् । शरिफलाई मिर्गौला र मुटु रोगको समस्या छ ।

छोरा विरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएकी थिइन् । उनलाई देश बाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लन्डन गएकी थिइन् । उनी लन्डनमा पुगेपछि विरामी परी उपचार गराइरहेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस