ट्रम्पलाई हार स्वीकार गर्न सहयोगीको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ट्रम्पलाई हार स्वीकार गर्न सहयोगीको आग्रह


एजेन्सी

८ मंसिर २०७७, सोमबार


Temporary Protected Status

काठमाडौँ । राष्ट्रपति डोनल्ड ट्रम्पलाई उनका सहयोगीले हार स्वीकार गर्न आग्रह गरेका छन् । ट्रम्पका मुख्य सहयोगीमध्ये न्यु जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टीले राष्ट्रिय लाज हुने भन्दै राष्ट्रपतीय मत परिणाम स्वीकार्न आग्रह गरेका हुन् ।

क्रिस्टीले एबीसी न्युजसँग कुरा गर्दै राष्ट्रपतिको कानुनी उपचार खोज्ने बाटो राष्ट्रिय लाज हो भनेका छन् । उनले राष्ट्रपतिको समर्थन गर्दै आएको र उनलाई दुई पटक भोट गरेको पनि उनले बताए ।

ट्रम्पले तीन साता अघि सम्पन्न नयाँ राष्ट्रपति छनोटको चुनावी परिणाम स्वीकार नगर्ने बताउँदै आएका छन् । उनले उक्त चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । यस विषयमा छानबिन गर्न उनले अदालतमा पनि छानबिनको लागि माग गर्दै आएका छन् ।

शनिवार पेन्सलभानियाका न्यायाधीशले बिना प्रमाण छानबिनको माग गरिएको भन्दै ट्रम्पको माग दाबीलाई खारेज गरिदिएका छन् ।

नोभेम्बर ३ मा अमेरिकामा नयाँ राष्ट्रपतिका लागि चुनाव भएको थियो । नयाँ राष्ट्रपतिका लागि जो बाइडनले अमेरिकाका सबै राज्यमा जित हात पारिसकेका छन् तर ट्रम्पले भने उक्त नतिजा अस्वीकार गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस