महोत्तरीको एक हार्डवेयर गोदाममा भीषण आगलागी, झन्डै १० करोडको क्षति « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

महोत्तरीको एक हार्डवेयर गोदाममा भीषण आगलागी, झन्डै १० करोडको क्षति


८ मंसिर २०७७, सोमबार


आगलागी

महोत्तरी । महोत्तरीको एक हार्डवेयर गोदाममा आगलागी हुँदा झण्डै १० करोडको क्षति भएको छ । गए राति औरही –१ स्थित अम्बिका जेनरल हार्डवेयरको गोदाममा भएको भीषण आगलागीका कारण १० करोड बराबरको क्षति भएको बताइएको छ ।

आगलागी नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाको टोली खटिएको थियो । पाँच वटा दमकलको सहायताले आगो नियन्त्रण गरिएको थियो । चार घण्टा पछि मात्रै नियन्त्रणआएको थियो ।

आइतबार साँझ ७ बजेदेखि लागेको आगो राति ११ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

हार्डवेयर पसलको गोदाम भएको घरको माथिल्लो तल्लामा सुविसु नेटको कार्यालय तथा साधना लघुवित्त सञ्चालनमा थियो। हार्डवेयर गोदाम र सुविसुको अफिस जलेर खरानी भएको र लघुवित्तमा आंशिक क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस