नीति अनुसन्धान प्रतिष्ठानद्वारा अनुसन्धानकर्ताका लागि विज्ञापन आह्वान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नीति अनुसन्धान प्रतिष्ठानद्वारा अनुसन्धानकर्ताका लागि विज्ञापन आह्वान


८ मंसिर २०७७, सोमबार


काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले विभिन्न समूहका लागि अनुसन्धानकर्ता र सह अनुसन्धानकर्ताको लागि विज्ञापन आह्वान गरेको छ । यस अघि गरिएको विज्ञापन रद्द गदै प्रतिष्ठानले पु्नः विज्ञापन गरेको हो ।

यसअघि कात्तिक १ गते दरखास्त आह्वान गरेको थियो । पर्याप्त दरखास्त नपरेपछि आज पुनः दरखास्त आह्वान गरिएको प्रतिष्ठानले जानकारी दिएको छ।

‘गत कात्तिक १ मा दरखास्त आह्वान गरेकोमा पर्याप्त दरखास्त नआएकोले सो विज्ञापन रद्द गरी छनोटका संशोधित आधारहरू र नयाँ दरखास्त फारमका साथ पुनः दरखास्तको आह्वान गरिएको छ,’ प्रतिष्ठानद्वारा जारी गरेको सूचनामा भनिएको छ।

विकास, पूर्वाधार तथा आर्थिक मामिला, शासकीय प्रवन्ध तथा सार्वजनिक सेवा प्रवाह, राजनीतिक र सामाजिक मामिला, राष्ट्रिय हित, परराष्ट्र नीति तथा सामरिक मामला, विज्ञान, प्रविधि तथा वातावरण, सूचना तथा ज्ञान व्यवस्थापनमा एक/एक जना अनुसन्धानकर्ता माग भएको छ ।

यस्तै विकास पूर्वाधार तथा आर्थिक मामला र शासकीय प्रवन्ध तथा सार्वजनिक सेवा प्रवाहमा एक/एक जना सहअनुसन्धानकर्ता गरी कूल ८ पदमा दरखास्त आह्वान गरिएको छ ।

दरखास्त मंसिर २९ गतेभित्र बुझाउनुपर्ने छ। दरखास्तका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह उत्तीर्ण र वाञ्छनीय शैक्षिक योग्यतामा विद्यावारिधि उपाधि प्राप्त भनिएको छ। एक हजार परीक्षा शुल्क लाग्ने भनिएको छ।

सूचना :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस