यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको : प्रकाशमान सिंह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको : प्रकाशमान सिंह


७ मंसिर २०७७, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कसैको पनि आवाज नसुनेको बताएका छन् । आइतबार आफ्नो निर्वाचन क्षेत्रमा जनताहरूसँग भेटघाटका क्रममा नेता सिंहले वर्तमान सरकारले जनता र प्रतिपक्षीप्रति पुरै बेवास्ता गरेको आरोप लगाएका हुन् ।

उनले भने, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको ।’

यस्तै उनले सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै मुलुकका कयौँ समस्यामा वर्तमान सरकार बेखबर रहेको बताए । उनले भने, ‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ, मुलुकका तमाम समस्यामा सरकार बेखबर छ, लोकतन्त्रवादीहरूका लागि समेत अशोभनीय हो ।’

नेता सिंहले कोरोना महामारीका बेला सरकार जनता र मुलुकप्रति बेखबर रहेको भन्दै सरकारले कोरोना नियन्त्रणका लागि कुनै पनि काम गर्न नसकेको आरोप लगाएका छन् । उनले भने, ‘कोरोना महामारीको बेलामा सरकारले के गर्‍यो अब यो भनिरहनु परेन, अब गर्छ भन्ने आस गर्ने ठाउँ पनि रहेन ।’

नेता सिंहले सरकारका गतिविधिबारे अहिले आन्दोलनमा जान सक्ने स्थिति नरहेको बन्दै सरकारलाई आफूहरूले खबरदारी गरिरहेको बताए ।

वर्तमान सरकारले सङ्घीयताको मर्म र भावना अनुसार नीति निर्माणमा चासो नदेखाएको आरोप लगाउँदै संसद् बैठक तत्कालै बोलाएर छलफल गर्नुपर्ने नेता सिंहले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस