२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुरामा राष्ट्रिय प्रसारण लाइन विस्तार

अ+ अ-

मार्तडी । जिल्लाको बूढीगङ्गा नगरपालिकामा शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै सञ्चालनमा ल्याएको छ । सोही नगरपालिका–३ साविकको ब्रह्मतोला गाउँ विकास समिति–७ बाहुनबाडा, सेरालाबाडा र बसालीमा विद्युत् लाइन विस्तार गरिएको हो ।

जिल्लाको नौवटै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जडान गर्ने उद्देश्यसहित पहिलोपटक बूढीगङ्गाको बाहुनबाडा गाउँबाट विद्युत् सेवा सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र शाखा बाजुराका कार्यालय प्रमुख महेशचन्द्र भट्टले बताएका छन् । लाइन विस्तारसँगै बूढीगङ्गा नगरपालिका–३ का ५२ परिवारले विद्युत् सेवा उपयोग गर्न पाएको वडाध्यक्ष खडक अधिकारीले बताएका छन् ।

साविक ब्रह्मतोला गाविस र हालको १, २ र ३ नं वडामा बिजुली विस्तार गर्ने योजनासहित प्रसारण लाइन जडान गरिएको हो । बसालीका स्थानीयवासी पहिलोपटक विद्युत् सेवा उपयोग गर्न पाउँदा खुशी भएका छन् । वर्षौँदेखिको सपना पूरा भएको र अँध्यारोबाट उज्यालो युग शुरु भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

वडामा पर्ने अझै १४ बस्तीमध्ये दुई बस्तीमा मात्र विद्युत् विस्तार भएकाले तत्काल अरु बस्तीमा पनि लाइन विस्तार हुनुपर्ने वडासदस्य कल्लाने दमाइको माग थियो । लाइन जडान गरिए पनि ट्रान्सफर्मर आएलगत्तै अन्य बस्तीमा पनि विद्युत् विस्तार हुने प्राधिकरणले वितरण शाखा बाजुराका सूचना अधिकारी शङ्कर स्वारले बताएका छन्।

स्थानीय लघुजलविद्युत् उत्पादन गरेर बिजुली सेवा सञ्चालनमा रहे पनि विद्युत् प्राधिकरणले भने बसालीबाटै लाइन विस्तार शुरु गरेको हो । दुई वर्ष पहिले नै जडान गर्ने लक्ष्य राखिए पनि केही प्राविधिक पक्ष र कोरोनाका कारण ढिलो भएको बताइएको छ । जिल्लामा अझै आधाभन्दा बढी जनसङ्ख्या विद्युत्को उज्यालोबाट वञ्चित छ ।

प्रतिक्रिया दिनुहोस