८ महिनापछि आइतबारबाट सिन्धुलीका विद्यालय खुल्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

८ महिनापछि आइतबारबाट सिन्धुलीका विद्यालय खुल्ने


६ मंसिर २०७७, शनिबार


School

सिन्धुली । सिन्धुलीका विद्यालयमा मङ्सिर ७ गते आइतबारबाट नियमित पठनपाठन हुने भएको छ।

आठ महिनादेखि बन्द रहेका जिल्ला सदरमुकाम स्थित कमलामाई नगरपालिका भित्रका सामुदायिक र संस्थागत सबै विद्यालयमा शिक्षक विद्यार्थीहरूको भौतिक उपस्थितिमै नियमित कक्षा सञ्चालन हुन थालेको हो।

कोरोना भाइरस९कोभिड-१९० सङ्क्रमणका कारण गत चैत्र महिनादेखि बन्द विद्यालयहरू आठ महिनापछि सञ्चालनमा आउन लागेका हुन्। कमलामाई नगर शिक्षा समितिले शुक्रवार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ अनिवार्य विद्यालय सञ्चालन गर्न निर्णय गरेपछि मङ्सिर ७ गते आइतबारबाट विद्यालयहरू सञ्चालन गर्न थालिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ बमोजिम सबै विद्यालय अनिवार्य रूपमा सञ्चालन गर्न भनिएको नगर शिक्षा अधिकारी शंकरराज लुइँटेलले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस