उद्योगीहरू समृद्धिको मुख्य आधार हुन् : राज्यमन्त्री दुगड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उद्योगीहरू समृद्धिको मुख्य आधार हुन् : राज्यमन्त्री दुगड


५ मंसिर २०७७, शुक्रबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्योगीहरू समृद्धिको मुख्य आधार भएको बताएका छन् ।

उद्योगी व्यापारीहरूको मनोबल गिर्न दिनु नहुने भन्दै उनले अनेकखाले ढिलासुस्तीका कारण उनीहरूको समय खेर जान दिन नहुने बताएका छन् । साथै उनले उद्योगीहरूलाई ज्वाईजत्तिकै सत्कार गर्नुपर्नेसमेत बताए ।

‘उद्योगीहरू भनेको समृद्धिको मुख्य आधारहरू हुन्’ मन्त्री दुगडले भने, ‘उनीहरूको समय खेर जान दिनु हुँदैन, ज्वाइँजस्तो व्यवहार गर्नुपर्छ ।’

कार्यकाल सम्हालेको एक वर्ष पुरा भएको अवसरमा सिंहदरवारस्थित मन्त्रालयमा प्रशासन प्रतिनिधिसँग कुरा गर्दै राज्यमन्त्री दुगढले सो कुरा बताएका हुन् ।

उनले पहिले पहिले महिनौँसम्म पनि थन्किने गरेका फाइलहरू अहिले द्रुत गतिमा अगाडी बढिरहेकोसमेत बताएका छन् । उद्योग मन्त्रालय तथा अन्तर्गतका कार्यालयमार्फत सम्पादन गरिने हुन सक्ने कामहरू तीन दिन भित्रै गरिसक्न निर्देशन भएको समेत बताएका छन् । तीन दिनभन्दा बढी समय लागेमा स्पष्टीकरण सोध्ने गरिएको पनि उनको भनाई छ ।

मन्त्री दुगढले यो एक वर्षको अवधिमा धेरै सुधारका कामहरूसमेत गरेको दाबी गरेका छन् । विश्वव्यापीकरण फैलिएको कोरोना महामारीको विषम परिस्थितिमा सबै सन्तुलन मिलाउनेदेखि निरन्तर बढोत्तरीको दिशातर्फ मन्त्रालयका काम कारबाहीहरू उन्मुख रहेको उनको भनाई छ ।

उद्योग क्षेत्र बुझेकै मन्त्री भएका कारण आफूहरूले विगतमा जस्तो अनेक खाले अल्झन झेल्न नपरेको र व्यवसायीलाई सहज भएको उद्योगीहरूको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस