सुनको मूल्य ४०० रुपैँयाले घट्यो, तोलाको कति पुग्यो ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य ४०० रुपैँयाले घट्यो, तोलाको कति पुग्यो ?


५ मंसिर २०७७, शुक्रबार


सुन

काठमाडौँ । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो ।

यस्तै चाँदी आज प्रतितोला रु पाँचले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस