दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना हुने


एजेन्सी

५ मंसिर २०७७, शुक्रबार


नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए ।

मास्क अनिवार्य रुपमा लगाउन पटक पटक आग्रह गर्दा पनि धेरैले वेवास्ता गरेपछि जरिवाना शुल्क बढाउन लागिएको हो । प्रदेश सरकारले यसअघि पाँच सय रुपैया मात्रै जरिवाना तोकेकोमा अहिले बढाएर दुई हजार पुर्‍याएको उनले बताए ।

केन्द्रीय राजधानी रहेको नयाँदिल्लीमा कोरोना भाइरसको महामारी फैलिदै गएपछि सरकारले सतर्कता बढाउने क्रममा जरिवाना पनि बढाएको हो । ‘दिल्लीमा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएको छ, तर अहिलेसम्म पनि कतिपयले सार्वजनिक स्थलमा मास्क लगाएका छैनन,’ मुख्यमन्त्री केजरीवालले भने ।

उनले भिडभाड हुने वा गर्नु पर्ने सवै ठाउँ तथा गतिविधिहरुलाई सकेसम्म न्युनिकरण गर्न र भिडभाडमा जानै परेमा आधारभूत स्वास्थ्य सतर्कता कडाइका साथमा पालना गर्न पनि आग्रह गरे । धार्मिक, सांस्कृतिक, राजनीतिक तथा अन्य कुनै पनि कार्यक्रम तथा गतिविधिहरुप्रति उनले बढी चिन्ता व्यक्त गरे।

कोरोना भाइरसको महामारीको अवस्थाका बारेमा समिक्षा गर्न तथा भावी रणनीति तय गर्न दिल्लीमा भएको सर्वदलिय बैठकपछि उनले थप कडाई गर्न लागिएको जानकारी दिएका हुन् ।

बैठक पछिको पत्रकार सम्मेलनमा उनले जनताको जीवन बचाउनका लागि संयुक्त रुपमा काम गर्न सवै पार्टीहरु सहमत भएको पनि बताए ।

‘सवै पार्टीहरुको तर्फबाट मलाई सहयोग र सुझाव आएको छ, यो कठिन घडीमा हामी सवै एकै ठाउँमा छौँ, त्यसका लागि म उनीहरु सवैप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस