राष्ट्रपति भण्डारीद्धारा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारीद्धारा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी


४ मंसिर २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधबार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकि छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेकि राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

सो अध्यादेश आएपछि मुलुकका कोभिड-१९ विरुद्धको खोप ल्याउन सहज हुने जनाइएको छ । अध्यादेशमा थपिएको ९ (क) मा औषधि वा खोपको आपतकालिन प्रयोग भन्ने भाग थपिएको हो ।

जसमा ‘महामारीको रुपमा फैलिएको संक्रामक रोगको रोकथाम नियन्त्रण वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनमा सूचिकृत भएका वा सम्वन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा त्यस्ता नियामक निकायले आपतकालिन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपलाई नेपालमा आपतकालिन प्रयोगका लागि औषधि सल्लाहकार समितिको सिफारिसमा विभागले दर्ता गर्नेछ,’ भन्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस