यएमबीएस परीक्षा २९ मंसिरदेखि हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यएमबीएस परीक्षा २९ मंसिरदेखि हुने


४ मंसिर २०७७, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस (मास्टर्स अफ विजिनेस स्टडिज्) दोस्रो र चौथो सेमेस्टरको परीक्षा २९ मंसिरबाट सञ्चालन गर्ने भएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित परीक्षा ८ पुसभित्र सम्पन्न गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा केन्द्र भने तोक्न बाँकी रहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यसैबीच, त्रिविले एमपीए (मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन) दोस्रो सत्रको स्थगित दुई वटा विषयको परीक्षा तालिका सार्वजनिक गरेको छ । जसअनुसार Organizational Behaviour (एमपीए ५१०) को २९ मंसिर र  Administrative System in Nepal (एमपीए ५०८) को ३ पुसमा परीक्षा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस