अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे दुई लाख नाघ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे दुई लाख नाघ्यो


४ मंसिर २०७७, बिहिबार


काठमाडौँ । अमेरिकामा कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या साढे दुई लाख नाघेको छ ।

बिहीबार बिहानसम्म २ लाख ५६ हजार २ सय ५४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

अमेरिकामा कोरोना संक्रमणको जोखिम तीव्ररुपमा फैलिइरहेको छ । १ करोड १८ लाख भन्दा बढी संक्रमित भइसकेका छन् ।

विश्वका अन्य मुलुकहरुको तुलनामा यो निकै नै बढी हो । अमेरिकामा अझै मृतको संख्यामा वृद्धि हुने देखिएको छ । हरेक दिन दैनिक संक्रमण बढ्दो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस