नेकपा सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने, १८ गते स्थायी कमिटी बैठक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेकपा सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने, १८ गते स्थायी कमिटी बैठक


३ मंसिर २०७७, बुधबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै प्रस्ताव ल्याउने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावको लागि १० दिन समय मागरेपछि अर्को सचिवालय बैठक मंसिर १३ गतेलाई तय गर्दै आजको बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । १३ गते ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा सबै प्रस्तावमाथि छलफल हुनेछ ।

सचिवालय बैठकले १८ गते स्थायी कमिटी र २५ गतेदेखि केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको उनको भनाइ छ । बुधबारको सचिवालय बैठकमा पार्टीभित्रको समस्या अथवा पार्टीको संकट समाधानको विषयमा छलफल भएको श्रेष्ठले बताए ।

बैठकमा कात्तिक २८ गतेको सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको जस्तै राजनीतिक प्रतिवेदन अध्यक्ष केपी ओलीले पेश गर्ने जानकारी गराएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस