नेकपा सचिवालय बैठक बालुवाटारमा जारी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी


३ मंसिर २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठक केहीबेर अघि शुरू भएको हो ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सचिवालयका सबै सदस्य उपस्थित छन् । बैठकका लागि प्रचण्ड पौने १ बजे नै बालुवाटार पुगेका स्रोतले जानकारी दिएको छ ।

यसअघि कात्तिक २८ गते शुक्रवार नेकपा सचिवालय बैठक बसेको थियो । शुक्रवारको बैठकमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई ७ पेज लामो पत्र र राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो ।

प्रधानमन्त्री एवं अध्यक्ष ओली आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्ने स्रोतले जानकारी दिएको छ ।

नेकपा बैठकअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलवार भेटेर दुई अध्यक्ष मिलेर अघि बढ्न सुझाव दिएकी थिइन् ।

आजै २ बजे मन्त्रिपरिषद बैठक पनि बस्दै छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस