२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युनाईटेड इदी–मार्दीको आइपीओ बिक्री खुल्यो, १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि

अ+ अ-

काठमाडौँ । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्री आजदेखि खुला गरिएको छ । कम्पनीले दोस्रो चरणका लागि मंसिर ३ गतेदेखि ७ गतेसम्म ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयरको आवेदन खुला गरेको हो ।

कम्पनीले स्थनीयमा बिक्री नभएको शेयर समेत थप गरी दोस्रो चरणमा आइपीओ बिक्रीमा ल्याएको हो। यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि ४ लाख २० हजार कित्ता शेयर बिक्री गरेको थियो । त्यसमध्ये २ लाख ४३ हजार ९१० कित्तासहित दोस्रो चरणको आइपीओ निष्काशन गर्न लागेको हो ।

कूल शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेकम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पूँजीको २५ प्रतिशत आइपीओ गर्न अनुमति पाएको थियो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ। सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

पत्र अनुसार गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको प्रतिशेयर नेटवर्थ ८५.८२ रुपैयाँ रहेको छ। यस्तै चालु आव अर्थात आव २०७७/७८ मा कम्पनीले प्रतिशेयर नेटवर्थ ९८.६९ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।

त्यसैगरी, गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १२.९७ रुपैयाँ ऋणात्मक रहेको छ । चालु आवमा भने ८.३३ रुपैयाँ धनात्मक हुने प्रक्षेपण गरेको छ।

कम्पनीले २०७६ असोज २० गतेदेखि माथिल्लो मार्दि खोला जलविद्युत आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरेको हो । गत आवको अन्त्यसम्ममा विद्युत बिक्रीबाट १० करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो।

प्रति मेगावाट २० करोड ३९ लाख ७६ हजार १४२ रुपैयाँ लागत रहेको कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.०९ वर्ष छ । डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि भने १४.९६ वर्ष रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस