देशभर आजको मौसम कस्तो रहला ? « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

देशभर आजको मौसम कस्तो रहला ?


३ मंसिर २०७७, बुधबार


काठमाडौँ । देशका पहाडी भूभागको बुधबारको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशको भूभाग तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन्।

बुधबार राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

अहिले बिहान सुदूरपश्चिमको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस