२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौती : रेडक्रस

अ+ अ-

जेनेभा । विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोना भाइरस माहामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्ने रेडक्रस सोसाइटीले मङ्गलबार चेतावनी दिएको छ ।

विश्वलाई कोभिड–१९ सङ्क्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो ।

‘अहिले कोरोना भाइरसको महामारी भएपनि जलवायु परिवर्तनले पार्ने प्रभाव रोकिएका छैनन्,’ रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा जारी नयाँ रिपोर्टमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्चमा कोभिड–१९ का कारण विश्वव्यापी महामारीको घोषणा गरेको थियो । सन् १९६० पछिका विश्वव्यापी विनासका करिब १०० घटनाहरू भएका र तिमध्ये जलवायु परिवर्तनसँग सम्बन्धित रहेका छन् ।

ती सङ्कटका कारण पाँच करोड मानिस प्रभावित बनेका छन् । आइएफआरसीका महासचिब जागन चापागाईंले ‘भर्चुअल प्रेस कन्फरेन्स’मा भने, ‘पक्कै पनि, अहिले कोभिड–१९ को महामारीले विश्व आक्रान्त बनेको छ । यो समस्या हाम्रो सामुन्नेमा छ । यसले हाम्र परिवार तथा आफन्तहरूलाई प्रभावित तुल्याएको छ ।’

उनले भने, ‘विश्वले हाल सामना गरेको महामारीको समस्या निकै गम्भीर हो । यसका कारण १३ लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।’

उनले थपे, ‘ आइएफआरसीका विज्ञहरूले मानव जीवन र पृथ्वीमा थप खतरनाक मध्यम तथा दीर्घकालीन असर जलवायु परिवर्तनका कारण आउने देखेका छन् ।’

कोभिड–१९ को समस्यासँग जुझ्न एउटा वा धेरै खोपहरू छिट्टै हामीबीच उपलब्ध हुनेछन् तर दुर्भाग्यको कुरा ‘जलवायु परिवर्तन नियन्त्रणका लागि उपायहरू खासै सोचिएको छैन ।’

उनले विश्वले आगामी दशकहरूलाई जलवायु परिवर्तन नियन्त्रणका लागि सदुपयोग गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस