राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे प्रचण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे प्रचण्ड


२ मंसिर २०७७, मंगलबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् ।

सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिरहेका बेला प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न मंगलबार साँझ शीतल निवास पुगेका हुन् ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेका छन् । तर कार्यकारी अध्यक्ष प्रचण्डले बैठक सार्ने भएपनि सचिवालय बैठकले मात्र सार्न सक्ने बताएका छन् ।

बैठकको निर्णयअनुसार सहमतिका लागि केही समय कुर्न तथा सहमतिमै सचिवालय बैठक बोलाउने विषयमा राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच छलफल हुने बुझिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस