काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।
२४ घण्टामा ३ हजार ११२ पीसीआर परीक्षण भएको छ र संक्रमित पुष्टि हुनेमा ५०२ जना रहेका छन् ।