चेक र नगदसहित कुलेश्वरबाट ७ जुवाडे पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

चेक र नगदसहित कुलेश्वरबाट ७ जुवाडे पक्राउ


२ मंसिर २०७७, मंगलबार


काठमाडौँ। काठमाडौँ महानगरपालिका १४ कुलेश्वरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् । जुवाखालबाट २ लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद र ७ लाख ९४ हजार ८ सय ७० रुपैयाँ बराबरको बिभिन्न बैंकका ११ थान चेक बरामद भएको छ ।

अबैध जुवा खेल्ने÷खेलाउने कार्य भइरहेको भन्ने सूचनाको कुलेश्वरका शिव श्रेष्ठको घरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी अधिकारीका अनुशार पक्राउ पर्नेमा कुलेश्वरका ४४ वर्षीय शिव श्रेष्ठ, काभ्रेको चौरीदेउराली–६ घर भई कुलेश्वर बस्ने ४४ वर्षीय यादव चौलागाई, धादिङको थाक्रे गाउँपालिका–८ घर भई कलंकी बस्ने ४१ वर्षीय राजु पौडेल, चितवनको भरतपुर–१३ घर भई कुलेश्वर बस्ने ३१ वर्षीय राजिव श्रेष्ठ, ४४ वर्षीय केशव प्रसाद मुडवरी, बाराको जितपुर घर भई कलंकी बस्ने ४१ वर्षीय श्याम तामाङ र कैलालीको बर्दगोरिया–३ घर भई कालीमाटी बस्ने २८ वर्षीय प्रेम बडुवाल छन् ।

पक्राउ परेकाहरुविरुद्ध जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस