प्रधानमन्त्रीको ओलाङचुङगोला र घुन्सा भ्रमण स्थगित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीको ओलाङचुङगोला र घुन्सा भ्रमण स्थगित


२ मंसिर २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङका हिमाली गाउँ ओलाङचुङगोला र घुन्सा भ्रमण कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्रीले आगामी ५ गते शुक्रवार नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उद्घाटनसँगै घुन्साका स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

सत्तारूढ नेकपामा बढ्दै गएको विवादका कारण नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भ्रमण स्थगन भएको बालुवाटार स्रोतको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस