नीतिश कुमारले आज सातौँ पटक विहारका मुख्यमन्त्रीको शपथ लिँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नीतिश कुमारले आज सातौँ पटक विहारका मुख्यमन्त्रीको शपथ लिँदै


१ मंसिर २०७७, सोमबार


एजेन्सी । भारतको जनता दल युनाइटेडका अध्यक्ष नीति कुमारले आज सातौंपटक विहारका मुख्यमन्त्रीको शपथ लिँदै छन्।

एक हप्ताअघि सम्पन्न विधानसभा निर्वाचनमा जनता दल युनाइटेड र भारतीय जनता पार्टीको गठबन्धनले बहुमत हासिल गरेपछि नीतिश फेरि विहारका मुख्यमन्त्री बनेका हुन्। गठबन्धनले विधानसभाको २४३ सिटमध्ये १२५ सिट जितेको थियो।

राजभवनमा दिउँसो साढे ४ बजे नीतिशले शपथ लिनेछन्। नीतिशसँगै गठबन्धन दलहरूबाट करिब १२ जनाले समेत मन्त्री पदको शपथ लिन सक्ने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस