नीतीश कुमार सातौंपटक विहारका मुख्यमन्त्री बन्दै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नीतीश कुमार सातौंपटक विहारका मुख्यमन्त्री बन्दै


३० कार्तिक २०७७, आइतबार


एजेन्सी । भारतको जनता दल युनाइटेडका प्रमुख नीतीश कुमारले विहारमा सातौंपटक मुख्यमन्त्री पदको शपथ लिने भएका छन्।

आइतबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन९एनडीए०को बैठकले नीतीश कुमारलाई नै विधायक दलको नेताको रूपमा चयन गरेको हो ।

एनडीएको नेतामा चुनिएसँगै उनले आफू मुख्यमन्त्री बन्न नचाहेको तर गठबन्धनको प्रमुख घटक भारतीय जनता पार्टीका नेताहरूको आग्रहमा पुनः मुख्यमन्त्रीको शपथ लिन गइरहेको बताएका थिए । उनले भने, ‘एनडीएको बैठकले मलाई फेरि एकपटक आफ्नो नेता चयन गरेको छ ।

उनले सोमबार दिउँसो साढे ४ बजे शपथ लिनेछन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस