९७ लाख नगद चोरी गर्ने पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

९७ लाख नगद चोरी गर्ने पक्राउ


३० कार्तिक २०७७, आइतबार


मुग्लिन । चितवन प्रहरीले ९७ लाख नगद चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् । उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए । थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्ने आएका थिए ।

प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टर (भवन) मा निज कविराज थापा बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेको अवस्थामा नगद रु ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा नगद ४० लाख गरी रु ९७ लाख र चोरी कार्यमा प्रयोग हुने औजारहरूसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज जानकारी दिए । थापालाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान कार्य भइरहेको प्रवक्ता थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस