ललितपुर महानगरपालिकाद्वारा अध्ययन समिति गठन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

ललितपुर महानगरपालिकाद्वारा अध्ययन समिति गठन


३० कार्तिक २०७७, आइतबार


ललितपुर । ललितपुर महानगरपालिकाले अध्ययन समिति गठन गरेको छ । महानगरपालिका फोहोरमैला व्यवस्थापन केन्द्रमा गत शुक्रबार अपराह्न भएको आगलागीको कारण पत्ता लगाउन उक्त समिति गठन गरेको हो ।

महानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेको संयोजकत्वमा अध्ययन समिति गठन भएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘आगलागी भएको एक सातामा अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन दिएको छु । यस समितिले आगलागी हुनुको कारण, क्षति र अब यस्तो घटना नदोरिहन अपनाउनुपर्ने सुरक्षात्मक उपायसमेत प्रतिवेदनमा उल्लेख गर्ने छ ।’

केन्द्रका प्रमुख सुरेन्द्रराज अवालेले आगलागी शुरु भएको एक घण्टामा आगो नियन्त्रण भएको भनाइ राखे। उनले भने, ‘चाडपर्व परेका बेला अन्य समयभन्दा बढी फोहोर सङ्कलन हुन्छ र भइपनि रहेको छ ।’सिसडोल ल्याडफिल्ड साइटमा फोहोर पुर्‍याउनु अघि महानगरपालिकाका फोहोर निरन्तर उठिरहेको अवालेले बताए।

उक्त समितिमा महानगरपालिकाका प्रवक्ता राजु महर्जन, नं ८ का वडाध्यक्ष हेम महर्जन, फोहोरमैला केन्द्रका प्रमुख सुरेन्द्रराज अवाले, मेकानिकल इन्जिनीयर पुष्कर भट्टराई रहेका बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस