बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु


३० कार्तिक २०७७, आइतबार


काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप २ जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका–२ कञ्चनपुरका ३० वर्षका पुरुषको आइतबार बिहान साढे ८ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

कात्तिक २३ गते अस्पताल भर्ना भएका उनमा २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा न्युरोसम्बन्धी समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

भजनी नगरपालिका–८ कैलालीका ६५ वर्षका पुरुषको शनिबार राति १०ः५० बजे भेरी अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमणको लक्षण देखिएपछि कात्तिक २१ गते टीकापुर अस्पताल भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको भएको थियो ।

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि २८ गते थप उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस