मनोज गजुरेल कोरोना संक्रमण मुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मनोज गजुरेल कोरोना संक्रमण मुक्त


३० कार्तिक २०७७, आइतबार


काठमाडौँ। वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । गजुरेल ११ दिनको अस्पताल बसाइँ पछि घर फर्किएका छन् ।

उनले आफू संक्रमण मुक्त भएको सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । भनेका छन्, ‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् ।’

कात्तिक १० गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएका उनलाई अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकहरुलाई धन्यवाद पनि दिएका छन् ।

गजुरेलले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस