यूईएफए नेसन्स लिग : पोर्चुगल समूह चरणबाटै बाहिरियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यूईएफए नेसन्स लिग : पोर्चुगल समूह चरणबाटै बाहिरियो


३० कार्तिक २०७७, आइतबार


काठमाडौं । साविक विजेता पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । शनिबार राति भएको खेलमा समूह चरण अन्तर्गत फ्रान्ससँग १–० ले पराजित भएपछि पोर्चुगलको उपाधि यात्रा सकिएको हो ।

पोर्चुगलको मैदानमा फ्रान्सलाई जित दिलाउन एनगालो कान्टेले निर्णायक गोल गरेका थिए । उनले खेलको ५३ औँ मिनेटमा निर्णायक गोल गरे। पोर्चुगलविरुद्धको जितसँगै फ्रान्स भने सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिग ‘ए’ समूह ३ को फ्रान्सले ५ खेलमा १३ अंक जोड्दैसमूहको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको पोर्चुगलले ५ खेलमा १० अंक जोडेको छ । अब समूह चरणको अन्तिम खेलमा फ्रान्सले स्विडेन र पोर्चुगलले क्रोएसियासँग खेल्नेछ ।

क्रोएसिया र स्विडेनको समान ३–३ अंक छ । शनिबार राति भएको अर्को खेलमा स्विडेनले क्रोएसियालाई २–१ ले हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस