प्रधानमन्त्री राष्ट्रपति निवासमा, भेटघाट जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री राष्ट्रपति निवासमा, भेटघाट जारी


२९ कार्तिक २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न साँझ शीतल निवास पुगेका हुन् । नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्त्वका साथ हेरिएको छ । राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन ।

शुक्रवार सुरु भएको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर आरोप–प्रत्यारोपका पत्र पेस भएसँगै प्रचण्डले पेस गरेको पत्रप्रति प्रधानमन्त्री निकट नेताहरूले चर्को आपत्ति जनाएका छन् ।

शनिवार दिउँसो प्रधानमन्त्री ओलीले आफू निकट नेताहरूसँग यसबारे बालुवाटारमा छलफल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस