शनिबार थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, २५ सय ३ संक्रमण मुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शनिबार थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, २५ सय ३ संक्रमण मुक्त


२९ कार्तिक २०७७, शनिबार


काठमाडौँ । शनिबार नेपाल थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभरका विभिन्‍न ल्याबमा गरिएको ८ हजार ७५३ नमुना परीक्षणमा १ हजार ९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख ८ हजार २ सय ९९ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर २५ सय ३ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ७० हजार ६७२ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय १५ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस