आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्ति पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्ति पक्राउ


२९ कार्तिक २०७७, शनिबार


काठमाडौँ । धनुषामा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गरेका छन्।

आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उप महानगरपालिका-२० घर भई वडा नम्बर ७ जानकीनगरमा डेरा गरी बस्ने २१ वर्षीया आरती साह र उनकी छोरी ३ वर्षीया रिया साहमाथि २४ वषीया श्रीमान सञ्जिव साहले शनिबार बिहान एसिड प्रहार गरेका हुन्।

पछिल्लो समय छुट्टाछुट्टै बस्दै आएका साहले आज बिहान पत्नीको कोठामा पुगेर आमा छोरीमाथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको बिभिन्न ठाउँमा एसिड परेको छ। एसिडले उनको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक बस्नेतले बताए। उनीहरुलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको उनले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस