मेरो उपचार खर्च आफैँ व्यहोर्छु, सरकारले नागरिकप्रतिको कर्तव्य पुरा गरोस् : डा. केसी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मेरो उपचार खर्च आफैँ व्यहोर्छु, सरकारले नागरिकप्रतिको कर्तव्य पुरा गरोस् : डा. केसी


२९ कार्तिक २०७७, शनिबार


काठमाडौँ । कोरोना संक्रमित प्रा. डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सामाजिक संजाल ट्वीटर मार्फत ट्वीट गर्दै डा. केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । डा. केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिँदै आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका हुन्।

उनले सरकारले आफ्नो उपचारको खर्च बेहार्नु भन्दा नागरिकप्रतिको कर्तव्य पुरा गर्न आग्रह गरेका छन् । ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा. केसीले भनेका छन्, ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’

केही लक्षण देखिएपछि बिहीबार गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस