२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्गीय पत्रकार खड्काको विधिवत् रूपमा अन्त्येष्टि

अ+ अ-

डोटी । सुदूरपश्चिमका चर्चित पत्रकार स्वर्गीय तेज बहादुर खड्का (तेजु खड्का) को शनिवार विधिवत् रूपमा अन्त्येष्टि गरिएको छ ।

रेडियो नेपाल दिपायलमा लामो समय काम गर्दै श्रोतामाझ निकै लोकप्रिय पत्रकार खड्का वि.सं. २०७५ साल भाद्र ९ गते बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बुढीनन्दा मेलाबाट फर्कने क्रममा बेपत्ता भएका थिए ।

पत्रकार खड्का बेपत्ता भएको सुरुवातमा राज्यका विभिन्न संयन्त्र प्रयोग गरी उनको खोजी कार्य भएता पनि पत्ता लाग्न सकेको थिएन । उनको २०७६ मङ्सिर २ गतेका दिन जडीबुटी सङ्कलन गर्न गएका बाजुराका स्थानीयले ज्याकेट, झोला, पर्स, परिचय पत्र, मोबाइल, कङ्काल (करङ्का दुई वटा हड्डी) फेला पारेका थिए ।

भेटिएको करङको हड्डीको केही महिना अघि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उनकी आमा मन्धरीदेवी खड्काको रगतसँग डिएनए परीक्षण गर्दा सो अवशेष पत्रकार खड्काकै भएको पुष्टि भएको थियो। त्यसपछि वि।सं। २०७७ असार १७ गते सरकारले पत्रकार खड्काको मृत्यु भएको घोषणा गरेको थियो ।

पछिल्लो समयमा बाजुराकै स्थानीय रेडियोमा कार्यरत पत्रकार खड्का बुढीनन्दा मेलाको रिपोर्टिङ पश्चात् फर्कने क्रममा बर माग्ने भन्ने ठाउँबाट बेपत्ता भएका थिए । खड्काको १५ महिनापछि सो स्थानबाट करिब १७ माइल टाढा लौरी विनायक भीरमा कङ्काल भेटिएको थियो। उक्त कङ्काल र अन्य सामाग्रीहरू सहित जिल्ला प्रहरी कार्यालय बाजुरालाई बुझाइएको र तत्पश्चात् डोटीबाट गएको पत्रकारहरूको टोलीले गत वर्ष मङ्सिरमा डोटी ल्याएको थियो ।

नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष समेत रहेका खड्काको कङ्काललाई आज शनिवार उनका दाजु कृष्ण खड्का, छोरा सुमन खड्काले सेती नदीमा दागबत्ती दिएका हुन् ।

दिपायल सिलगढी नगरपालिका वडा नं. १ का स्वर्गीय खड्काको काजक्रिया पनि दाजु कृष्ण खड्काले नै गर्ने पारिवारिक श्रोतले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस