मानिसको जीवनकालका ९ वर्ष मोबाइल हेरेरै बित्छन् –अध्ययन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मानिसको जीवनकालका ९ वर्ष मोबाइल हेरेरै बित्छन् –अध्ययन


२९ कार्तिक २०७७, शनिबार


काठमाडौँ । वर्तमान विश्व आधुनिक प्रविधिको युगसँगै तीव्रतर विकासको गतिमा अघि बढिरहेको छ । आधुनिक वैज्ञानिक युगसँगै मानिसहरू पनि आधुनिकतातिर लम्किरहेको अवस्थामा मोबाइल फोन नभइन हुने हतियारजस्तै बनिसकेको छ । मानिसका लागि मोबाइल फोन एक साहाराजस्तै भइसेको छ । यस्तो अवस्थामा मानिसलाई मोबाइल फोन अपरिहार्य बनिसकेको छ ।

अमेरिकी एक अध्ययनले पत्ता लगाएअनुसार मानिसको जीवनकालको ९ वर्ष मोबाइल फोन हेरेरै बित्ने देखिएको छ । मोबाइल फोनको तुलनात्मक विश्लेषण गर्ने वेबसाइट ह्विस्सलआउटले गरेको अध्ययन अनुसार अमेरिकीहरूले औषतमा आफ्नो जीवनकालमा झण्डै ९ वर्ष मोबाइल फोन चलाएर बिताउने देखिएको छ ।

अध्ययन अनुसार सन् १९८० देखि सन् २००० सम्मको अवधिमा जन्मिएका अमेरिकीहरूले मोबाइल फोनमा सबैभन्दा धेरै समय बिताउँदछन् । ती उमेर समूहका अमेरिकीहरूले दैनिक ३.७ घण्टा मोबाइल फोनमै बिताउने गरेको अध्ययनले देखाएको छ ।

जबकि १९४६ देखि १९६४ को बीचमा जन्मिएका अमेरिकीहरूले सबैभन्दा कम अर्थात् दैनिक औषतमा साढे २ घण्टा मोबाइल फोनमा बिताउँछन्।

मोबाइलफोनमा समय बिताउनेको सङ्ख्या बढिरहेको छ । यसले गर्दा मानिसको दैनिक जीवनमा निकै चुनौती थपिदिएको छ । तर मानिसहरू यो समय घटाउने प्रयत्नमा भए पनि यो कठिन बनिरहेको छ । स्क्रिन टाइम कटौतीका बाबजुत मानिसहरूमा मोबाइलको लतमा वास्तविक कमी नआएको पाइएको छ ।

प्रयोगकर्ताहरूलाई मोबाइलको स्क्रिनमा धेरै समय नबिताउनका लागि प्रेरित गर्न गुगल, एप्पल तथा फेसबुक लगायतका कम्पनीहरूले स्क्रिन टाइम मनिटर गर्ने टुल्स ल्याइसकेका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस